बैतडी :
डडेल्धुराको अजयमेरु गाउँपालिकामा हरितालिका तिजको पुर्वसन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ। गाउँपालिकाले खुल्ला चाैरमा एक कार्यक्रमका बिच आपसी सद्धभाव झलकिने गरी शुभकामना आदान-प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताइन्र ।

गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्टको प्रमुख आतिथ्यमा शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न गरिएको जनाईएको छ। कार्यक्रममा गाउँपालिकाका बिषयगत शाखाका कर्मचारी, वडाका जनप्रतिनिधि लगायत वडाबासी महिलाहरुको सहभागितामा कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष पालले बताए।
कार्यक्रममा देउडा र तिजका भाकामा नृत्य गरिएको जनाईएको उनले बताइन्र ।