बैतडीमा एक बालिका मृत फेला

बैतडी:

बैतडीमा एक बालिका मृत फेला परेकी छिन् । जिल्लाको दशरथचन्द नगरपालिका-१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षिया छोरी मनिषा भाट शनिबार दिउंसो घरभित्रै मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीको टोलि अहिले घटनास्थल पुगेको छ । घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.