ललित बाेहरा/बैतडी:
बैतडीको पाटन नगरपालिका-३ गुरुडामा क्याम्पस संञ्चालन गर्ने तयारी थालिएको छ । गुरुडामा रहेको सिगास मावि गौरीशंखर पोखरीमा नै क्याम्पस सञ्चालन गर्न तयारी थालिएको तदर्थ समिति संयोजक प्रेमसिह भाटले बताए ।
उच्च शिक्षाको अवसरबाट कोही बञ्चीत नहुन, घरमा बसी बसी स्तातक तह अध्ययन गर्न पाउन् भने उद्देश्वका साथ क्याम्पस स्थापनाको महाअभियान २०८० थालिएको संयोजक भाटले बताए ।
क्याम्पस संचालनका लागि यहाँका अभिभावक तथा नजिकका बिद्यालयहरुसंग पटक पटक बृह्त छलफल गरिसकिएको तदर्थ समिति सचिव नवराज भट्टले बताए ।
स्तातक तह सञ्चालनका लागि अहिले चन्दा संकलन गर्न थालिएको छ । स्वैच्छिक रुपमा आफ्नो श्रद्धा, आस्था र शक्ति अनुसारको आर्थिक सहयोगका लागि एक सुचना जारी गर्दै अपील समेत गरिएको उनले बताए ।
सुचना