बैतडी :
बैतडीमा भिरबाट लडेर एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका ४ सोल्पालाका २६ वर्षिय सुरेश सिंह महता घाइते भएका हुने ।
महता दोगडा भुमिराज मन्दिरबाट फर्किने क्रममा सोलथला भीरमालडेर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइते महताको मुख र टाउकामा चोट रहेको उनको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ। घटनाकाे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।