अमेरिकाबाट पठाइएको गाँजा र ब्राउनसुगर बुझ्ने डडेल्धुराकी रेनुकासहित १० पक्राउ

काठमाडौं :

अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको गाँजा र ब्राउनसुगर बुझ्ने डडेल्धुराकी एक महिला र कञ्चनपुरका एक पुरुषसहित १० पक्राउ परेका छन् ।

अमेरिकाबाट पठाइएको ३ किलो २ सय ३९ ग्राम गाँजा र २ सय ६८ ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी बुझ्ने ६ र खैरो हेरोइनसहित ४ गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको छ ।

पक्राउ पर्नेमा डडेल्धुराकी रेनुका तामाङ र कञ्चनपुरका हिक्मत हमाल पनि रहेका छन् ।

पक्राउ परेकाहरुमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आइतबार सार्वजनिक गरिएको छ ।

प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएकोमा एउटा कार्टुन शङ्का लागेर जाँच गर्दा ९ सय ग्राम गाँजा बरामद गरिएको हो । उक्त कार्टुन पार्सल लिन आउने व्यक्ति खोज्न ‘कन्ट्रोल डेलिभरी’ गर्दा वीरगञ्जका डल्लुराम र सोही ठाउँका हविव मियालाई पक्राउ गरिएको थियो ।

अमेरिकाबाट डिल्लीबजार हुलाकमार्फत जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी पठाइएको अर्काे कार्टुन जाँच गर्दा १ किलो ४ सय ग्राम गाँजा फेला परेको ब्यूरोले जनाएको छ । सोही क्रममा गाँजा लिन आउने भारतीय नागरिक २४ वर्षे अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको थियो । उनको डेराबाट थप ७ सय २० ग्राम गाँजा बरामद गरिएको छ ।

हुलाकमार्फत आएको गाँजा लिन आउने डडेलधुराकी रेनुका तामाङलाई पनि पक्राउ गरिएको छ । उनको बयानका आधारमा गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ गरिएको हो । उनीहरुको साथबाट नौ सय ३९ ग्राम ग्राजा बरामद गरिएको छ ।

ब्यूरोले खैरो हेरोइनसहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापा बस्ने भारतीय नागरिक लाल मियालाई पनि पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुको साथबाट २ सय ६८ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.