अब डडेल्धुरा अस्पतालमा बेलुका ५ बजेसम्म नै ओपिडी सेवा

डडेल्धुरा:

डडेल्धुरा अस्पतालले सेवाग्राहीहरूको समस्यालाई मध्यनजर गरी बहिरङ्ग (ओपिडी) सेवा समय बढाएको छ।

मंगलबार एक सूचना जारी गर्दै बिहान साढे ९ देखि बेलुका ५ बजेसम्म ओपिडी सेवा कायम गरिएको अस्पतालले जानकारी दिएको हो। यसअघि बिहान १० देखि अपराह्न ४ बजेसम्म ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सन्तोषकुमार गुप्ताले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान साढे ९ बजेदेखि सुरु गरिएको जानकारी दिए। अस्पतालमा टिकटको समय बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म निर्धारण गरिएको उनले बताए।

कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर समयावधि बढाइएको मेसु गुप्ताको भनाइ छ। अस्पतालबाट प्रवाह हुने दैनिक ओपिडी सेवालाई आम नागरिकको गुनासो सम्बोधन हुने गरी तथा थप प्रभावकारी बनाउन सेवा समयावधि बढाउने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए।

डडेल्धुरा अस्पताल सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत रहेको एकमात्र विशिष्ट विशेषज्ञ अस्पताल हो।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!