रक्तदाता समाज डडेल्धुराको अध्यक्षमा उपेन्द्र जोशी चयन

डडेल्धुरा: 

नेपाल स्वयमसेवी रक्तदाता समाज डडेल्धुराको अध्यक्षमा उपेन्द्र जोशी चयन भएका छन्। जिल्ला सदरमुकाममा बसेको बैठकले जोशीलाई अध्यक्षमा चयन गरेको हो। यसैबीच, रक्तदाता समाजले १२ सदस्यीय समिति पनि चयन गरेको छ।

समितिको उपाध्यक्षमा माधव पन्त, महासचिवमा पुष्पराज पन्त, सचिवमा जयराज पाठक र कोषध्यक्षमा प्रकाश जोशीलाई चयन गरेको छ।

यस्तै सदस्यमा गणेश बिष्ट, नरेश पनेरु, मोहन देउवा, तीर्थराज भट्ट, सावित्री ऐर, पुजा बस्नेत र राजेन्द्र पनेरुलाई चयन गरेको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!