डोटी जिप दुर्घटना

डोटी:

डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटनामा परेका यात्रुको पहिचान खुलेको छ। सिलगढी देखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र ३२ वर्षीय विष्णु बोहोराले चलाएको सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिपमा चालक र ३ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ। तीनै जना यात्रु गम्भिर घाइते भएका छन्। घाइते हुनेमा ६५ वर्षीया धौलीदेवी विष्ट, २९ वर्षीया टंक कुमारी उपाध्याय र २४ वर्षीया दुर्गादेवी विष्ट रहेका छन्।

डोटी प्रहरीका अनुसार उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। जिप सडकदेखि ५० मिटर तल खसेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!