बैतडीमा जलवायु परिवर्तन सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम

बैतडी;

बैतडीमा जलवायु परिवर्तन सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । बैतडीको पाटन नगरपालिका जनप्रतिनिधी, कर्मचारीसंग अक्सफर्म नेपालको आर्थिक सहयोगमा ग्रिन परियोजना अन्र्तगत रुडेस बैतडीले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । जनप्रतिनिधी तथा कर्मचारीलाई स्थानीय तहका योजनाहरु जलवायु मैत्री निमार्ण गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको रुडेस बैतडीका प्रतिनिधि योगेन्द्र कठायतले बताए ।

रितगृह ग्यास उत्सर्जनका कारण पृथ्वीको तापमान १५० वर्ष अघिको तुलनामा अहिले १ डिग्री सेल्सियस भन्दा बढी पुगेकाले स्थानीय तहका योजना जलवायुमैत्री हुनु पर्नेमा जोड दिएको छ । अवस्थामा हरितगृह उत्सर्जनलाई न्यूनीकरण गर्न तथा यसलाई सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम उठाउन आवश्यक रहेको अक्सर्फम नेपालका प्रविधिक संयोजक कुमोद लेखकले जनप्रतिनिधीहरुलाई सचेत गराए । नगर प्रमुख गौरीसिह रावलको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रम नगर उपप्रमुख कमल सिह बोहरा लगायतका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थीति रहेको थियो ।

पाटन नगरपालिकाले जलवायु उत्थानशिलता विपद प्रतिकार्य योजना निमार्ण, वाताबरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ जारी गरिएकाे पाटन नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले बताए । भावी पुस्ता जीवित रहने र हुर्कन सक्ने वातावरणको सुनिश्चितता अहिले नै गरिनु पर्ने प्रशिक्षकको जोड थियाे ।

भूमि प्रयोग र जलवायु परिवर्तन सम्बन्धी एउटा प्रमुख प्रतिवेदनले पश्चिमा मुलुकहरूमा हुने मासु र दुग्ध उत्पादनको ठूलो खपतले विश्वको तापमान बढाइरहेको बताएको छ।

तर वैज्ञानिक र अधिकारीहरूले सबैलाई शाकाहारी बन्न अनुरोध भने गरेका छैनन्।  उनीहरूले मानिसहरूले मासु कम खाएमा थोरै जमिनको प्रयोग गरेर हुने कृषि उत्पादनले धेरै मानिसहरूलाई खुवाउन सकिने बताएका छन्।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.