दुर्गास्थान आविले भव्यताका साथ मनायो वार्षिकोत्सब तथा अभिभावक दिवस

बैतडी:

डडेल्धुराको अजयमेरु ३ मा पर्ने दुर्गास्थान आघारभुत विद्यालय गुनपालले भव्यताका साथ ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।

मंगलबार परेको ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सांस्कृतिक कार्यक्रम गरी मनाएको बिद्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सदस्य डा.तारा जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिकोत्सबमा अजयमेरु गाउँपलिका अध्यक्ष उमेश प्रशाद भट्ट विकास विशिष्ट अतिथि रहेको बिद्यालयले जनाएको छ । कार्यक्रमको अवसरमा पालिका स्तरिय सांस्कृतिक कार्यक्रम गरिएको छ ।

सांस्कृतिक कार्यक्रममा बालकल्या मा वि पुईलेक प्रथम, दुर्गास्थान आवि गुनपाल द्वितीय, चन्द्रज्योति आवि धारि, तृतीय र भद्रपुर मावि भद्रपुर र भुवनेश्वरि आवि। मड सान्तोवना स्थान ल्याउन सफल भएका छन् ।

अभिभावक दिवस कार्यक्रममा विद्याललय नगद सहयोग गर्ने तथा अभिलेख पुस्तिकामा तिनपुस्ते नाम कायम गराउने व्यक्तीहरुलाई दोसला ओढाएर सम्मान गरिएको प्रधानाध्यापक तिर्थ पनेरुले बताए ।

Leave A Reply

Your email address will not be published.