बैतडी कारागारबाट ४ जनाको कैद मिनाहा

ds new

बैतडी :

संविधान दिवसको अवसरमा जिल्ला कारगार बैतडीमा कैदीबन्दी जीवन बिताइरहेका चार जनाको कैद मिनाहा भएको छ । ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका कैदीबन्दीहरुको कैदा मिनाहा भएको जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा देशभरीका ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गरेका छन् ।

जिल्ला कारागारले ५ जना कैदीबन्दीको बाँकी कैद मिनाहाका लागि सिफारिश गरेको भएपनि चारजनाको मात्रै बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन् ।

us dintal patan

कैद मिनाहा हुनेमा बझाङको बित्थडचीर गाउँपालिका ७ का बिर्खु भनिने बिर्ख लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका १ का धनबहादुर कार्की, दशरथचन्द नगरपालिका ६का खेमराज महर र पाटन नगरपालिका ६ का रमेश बिष्ट रहेका छन् ।

बिर्ख लुहारलाई डाँकाचोरी मुद्दामा २०७७ साल असार २ गते ५ बर्षका लागि सजाय तोकिएको थियो । उनले ३ बर्ष ३ महिना कैद भुक्तान गरिसकेका छन् ।

यस्तै डाँकाचोरी मुद्दामै २०७८ साल असार २४ गते ३ बर्ष सजाय तोकिएका धनबहादुर कार्कीले २ बर्ष २ महिना कैद भुक्तान गरिसकेको भण्डारीले बताइन् ।

नकबजनी चोरी मुद्दामा २०७८ साल मंसिर १९ गते ३ बर्ष सजाय तोकिएका खेमराज महरले १ बर्ष ९ महिना कैद भुक्तान गरिसकेका छन् । यस्तै सवारी ज्यान मुद्दामा २०७८ साल फागुन ९ गते ३ बर्ष सजाय तोकिएका रमेश बिष्टले १ बर्ष ६ महिना कैद भुक्तान गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.