बैतडी:
संविधान दिवसको अवसरमा बैतडीको पाटन नगरपालिकाले खुल्ला मञ्च र मन्दिरमा सरसफाई तथा वृक्ष रोपण गरेको छ । पाटन नगरपालिका वडा नम्बर ६ मा पर्ने खुल्ला मञ्च र राधा कृष्ण मन्दिरमा सरसफाई गरेर फुल फुल्ने विरुवा रोपण गरेको हो ।
नगरपालिका उपप्रमुखको नेतृत्वमा कर्मचारीहरुले खुल्ला मञ्च र मन्दिरमा सरसफाई तथा वृक्ष रोपण गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले बताए । खुल्ला मञ्चमा फुलका बिरुवा रोपेर सुन्दर पार्क जस्तै बनाउने प्रयास गरिएको उनले बताए ।
यस्तै नगरपालकाले बुधबार नै संविधान दिवसको अवसरमा जेष्ठ चार शहीदको तस्वीरमा माल्याणपन गरिएको छ । नगरप्रमुख गौरीसिह रावलको अध्यक्षमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत भट्टले बताए ।
पाटनमा कार्यलाय रहेका कार्यालय प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा नगरपालिकाको अगाडी कार्यक्रम गरिएको हो । बुधबार साझँ पनि पाटन बिच बजारमा दिपप्रज्वलको कार्यक्रम राखिएको नगर उपप्रमुख कमल सिह बोहरा अपीले बताए ।