सामाजिक सञ्जालमा भाईरल न्वालोको वास्तविकता के हो ?

बैतडी:

न्वालो (परम्पपरागत) कुवामा पानी अभावले ताला लाउने बनाएको फोटो अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेको छ ।  युटुबरहरुले  बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ मा रहेकाे २०७६ तिरको फोटोलाई आफ्नो आय स्रोतको माध्यम बनाएका छन् ।

वडा नम्बर ५ का अध्यक्ष फुनी बोहराका अनुसार २०७६ तिर गाउँमा पानीको समस्या थियो त्यो बेला न्वालोमा ताला लगाएको हो । उनले भने, ‘पहिले कै फोटो हो, पत्रकारहरुले पुरानो फोटोका समाचार बनाएर के गर्न खोजेको हो? अहिले हेर्न आउनुस हामीले नयाँ बनाएका छौँ।’

२०७७ मै भाइरल भएको न्वालोलाई पुनः निमार्ण गरेको छ भने वैकल्पीक खानेपानीको समेत व्यवस्था भईसकेको नेकपा एमालेका नगर कमिटी अध्यक्ष तथा वडा नम्बर ५ का स्थानीय ललित ठगुन्नाले बताए । उनले भने, ‘यो पुरानो फोटो होला अहिले त नयाँ निमार्ण भसकेको छ।’

यो समयमा न्वालोमा ताला लगाएको समाचारहरु पनि आएको थिए । समाचार आएपछि न्वालो निमार्ण गरिएको थियो ।  वडा नम्बर ५ का केही ठाउँमा बैशाख र जेठ तिर खानेपानी समस्या अहिले पनि रहेको स्थानीय दिपक ठगुन्नाले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.