रास्वपाको जनआवाज सन्ने कार्यक्रम बैतडीको खोड्पेमा

बैतडी: 

राष्ट्रिय स्वतन्त्र पार्टीको जनआवाज सन्ने कार्यक्रम बैतडीको खोड्पेमा सम्पन्न भएको छ ।  रास्वपा दलका उपनेता एवं सांसद विराज भक्त श्रेष्ठ खोडपे पुगेर सरोकारवाला र स्थानीयहरुसँग भेट गरेका छन् ।

यहाँका जनप्रतिनिधि, रास्वपाप्रति आस्थावान प्रतिनिधि र स्थानीयहरुसँग समसामयिक विषयमा छलफल गरेको नगर संयोजक हेमन्त ऐरले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज तयार गर्नका लागि १९ नेतालाई १९ जिल्लाका गाउँ पठाउने कार्यक्रम अनुसार श्रेष्ठलाई बैतडी पठाएको हो ।

बैतडीको खोडपेमा पाटन-८ का वडा अध्यक्ष हरिश बिष्ट, स्थानीय सरोकारवाला प्रतिनिधि र रास्वपामा आबद्ध प्रतनिधिहरुसँग छलफल गर्नु भएको केन्दीय सदस्य दिपक बोहराले बताए ।

भेटघाट कार्यक्रममा श्रेष्ठसहित, केन्द्रिय सदस्य बोहरा, प्रदेश सभापति प्रकाश बिष्ट, प्रदेश प्रवक्ता सन्तोष जोशी, प्रदेश कोषाध्यक्ष जसु भट्ट लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.