बैतडी:
बैतडीको पाटन नगरपालिकाले संविधान दिवसको पाटन बजारमा दिपप्रज्वलन गरेको छ । नगर उपप्रमुख कमल सिह बोहरा (अपी)को अध्यक्षता तथा नव नियुक्त न्यायधिस राजेन्द्र सि भण्डारीको प्रमुख आथिथ्यतामा दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरिएको हो ।
बुधबार बिहान खुल्ला मञ्च र राधा कृष्ण मन्दिरमा विक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको नगरपालिकाले दिउँसो शुभकाना आदानप्रधान कार्यक्रमको आयोजना गरेको थियो ।
संविधान दिवसको अवसरमा भिमदत्त बहुप्राविधिक शिक्षालय पाटन बैतडीले पनि दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।