बैतडी:
सिद्धेस्वर मावि पाटन नगरपालिका-९ हुक्केडाडाले संविधान दिवस मनाएको छ । नेपालको नक्सामा दीप प्रज्वलन गरेर शुभकामना आदान-प्रदान गर्दै संविधान दिवस मनाइएको विद्यालयले जनाएको छ । शिक्षक तथा विद्यार्थीहरु सबै उपस्थिति भई संविधान दिवस मनाइएको विद्यालय कर्मचारी गोपाल सिंह महराले जानकारी दिए ।
दिवसको अवसरमा विद्यार्थीहरुबीच निबन्ध प्रतियोगिताको समेत आयोजना गरिएको उनले बताए । वार्षिक शैक्षिक कार्यक्रम अनुसार संविधान दिवस मनाइएको विद्यालयले जनाएको छ ।
नगरस्तरिय हजिरीजवाफ प्रतियोगीताबाट प्राप्त प्रमाण पत्र तथा नगदसमेत कार्यक्रममै वितरण गरेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिह भाटले बताए ।