भरुवा बन्दुकसहित बैतडीमा एकजना पक्राउ

बैतडी :

भरुवा बन्दुकसहित बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाँउपालिका–१ रिमका ४५ वर्षीय बिष्णुसिंह साउँद रहेका छन । गाउँपालिकाको वडा नम्बर २ मल्लाढिकबाट एक नाले भरुवा बन्दुक र ७ सय १० ग्राम बारुदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

गोप्य सूचनाको आधारमा प्रहरी चौकी खोचलेक बैतडीबाट खटिई गएको प्रहरी टोलीले निजको साथबाट उक्त भरुवा बन्दुक र बारुद फेला पारी पक्राउ गरेको
हो ।  पक्राउ परेका साउँदमाथि हातहतियार तथा खरखाजना सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.