डोटीको एक पसलमा आगलागी, धनमाल जलेर नष्ट

डोटी:

डोटीको एक पसलमा आगलागी हुदाँ धनमाल जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार जिल्लाको दिपायल सिलगढी नगरपालिका-७ कुन्जेडी बस्ने कृष्ण बहादुर कुन्जेडाको होटेलमा आगलागी भएको हो । विद्युत सर्ट गई बिहीबार दिउँसो आगलागी हुँदा पसल भित्र रहेका खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्र, फर्निचर, काउण्टर र पसल पछाडी राखेको सु।प।प्र ०१००९ प ७२४४ नम्बरको मोटरसाइकल समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जनाएको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.