सर्पको टोकाइबाट बैतडीकाे सिगासमा एक महिला घाइते

बैतडी: सर्पको टोकाइबाट बैतडीकी एक महिला घाइते भएकी छिन् । जिल्लाको सिगास गाउँपालिका- २ की ३२ बर्षीया भागादेवी धामीलाई बुधबार साँझ ६ बजेतिर सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

घर नजिकैको बारीमा घाँस काटीरहेकी धामीलाई सर्पले टोकेको हो । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । धामीको दाहिने खुट्टाको पैतालामा सर्पले टोकेको बताइएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यसअघि भदौ २९ गते मेलौली नगरपालिका- १ बगजेबलाका १७ बर्षीय सुजल दयाल पनि सर्पको टोकाइबाट घाइते भएका थिए । उनी पनि डडेल्धुरा अस्पतालमा उपचारपछि निको भएर घर फर्केका थिए । यो बर्षमात्रै बैतडीमा बिषालु सर्पको टोकाइबाट चार जनाको मृत्यु भइसकेको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.