ललित बोहरा/बैतडी :
बैतडीको पाटन नगरपालिकाका गाउँहरु अझै अन्धकार रहेको छन् । प्राप्त जानकारी अनुसार पाटन नगरपालिका वडा नम्बर १ को गरालेक, र किम्मुडा ८ को सौखाया, ज्याफु, तिम्ले, कुक्कै वानथौडा, कौलेक, ठुलासैना, तल्लो भुरभुरेबाज र वडा नम्बर १० को बन्तड, खोड, दापकडले गाउँहरु बिद्युत बोट बञ्चित रहेका छन् ।
कुनै गाउँमा ठेकेदारको लापरवाहिले काम अलपत्र छ भने कुनै गाउँमा स्रोत साधनकै कमीले नगरवासीले बिद्युतबाट बञ्चीत हुनुपरेको छ । कतै काम जारी छ भन्दै ठेकेदारले जनतालाई गुम्राहामा रहेका छन् ।
एक उदाहरण बन्नेको छ पाटन ८ को सौखाया गाउँ, ३ बर्षपहिले पोल पुगे, पोल त गाडीयो तर तार किस्ता किस्तामा त्यहाँ पुग्ने गरेको स्थानीय डम्बर बिष्टले बताए । अन्धकार ११ घरपरिवार बस्ने गाउँमा बिद्युत विस्तार गर्न प्रक्रिया ६ बर्ष पहिले नै भएको स्थानीय बिष्टले बताए । ‘बिद्युत जडान गर्न ६ बर्ष लाग्यो त्यो पनि भन्दा भन्दा धाउदाँ धाउदाँ थाकियो, भोट माग्ने आउने नेताहरुलाई भनेको भनौँ छौँ।’ स्थानीय बिष्टले भने, ‘माननीय दामोदर भण्डारीलाई त यो गाउँ नै नेपालको नक्साबाट हटाउनस हामी श्रीलंकाका नागरिका हौँ भनेको थिए।’
वडा नम्बर ८ र १० को सिमामा पर्ने सौखाया गाउँमा १० नम्बरबाट बिद्युत जडान गर्न बिषय केही समस्या भएको स्थानीय दुर्गादत्त अवस्थीले बताए ।
‘विद्युत विस्तारको काम ६ बर्षबाट जारी रहेको देखियो, वडा अध्यक्ष हरिष बिष्टले भने, ‘मैले आएपछि ठेक्केदार कम्पनी र बिद्युत कार्यालयसंग बेला बेला छलफल गरेको छु, बिद्युतलाई पत्र काटेको त तपाईलाई पठाई पनी दिए ।,’
ीवगतका जनप्रतिनिधीहरुको पहुँच नपुगेर ६ गाउँमा बिद्युत विस्तार बाँकी रहेको अध्यक्ष बिष्टको बुझाई छ । अहिले कुकैँ लगायतका गाउँमा बिद्युत विस्तार भएको छ डेढ बर्ष भित्र सबै क्षेत्रमा विद्युत विस्ताको काम सकिन्छ, अध्यक्षे बिष्टले भने, ‘मैले विद्युत कार्यालय, जिल्ला प्रशासनलाई ज्ञापन पत्र दिएको छु, मैले बुझे अनुसार संघ सरकारले नगर भित्रका छुटेका गाउँमा विद्युत विस्तार गर्दैछ ।’
उता पाटन नगरपालिका वडा नम्बर १ को गरालेक र किम्मुडा गाउँमा विद्युत विस्तार भएको छैन् । २० दलित घरपरिवार रहेको गरालेक अन्धकार नै छ । चुनावका बेला २०७० सालबाटै बिद्युत जडान गर्छौ भनेर सबै पार्टीका नेताले आश देखिाए पदम लोहारले भने, ‘अहिले पोल गाडेको लामो समय भयो केही भएको छैन् ।’
तार अभावले काम रोकिएको बिद्युत प्राविधिकरण बैतडी वडालाई जानकारी गराएको छ ।
नयाँ कार्यक्रम गरालेक राखेको र दशै लग्तै विद्युत विस्तार गर्न आफु लागि रहेको वडा अध्यक्ष तर्कसिह ठगुुन्नाले बताए । उनले भने, ‘पोल गाडीएको छ तार कम छ दशै भित्र विजुली बाल्छौ, म एक दुई दिनमै बैतडी जान्छु।’
यता पाटन नगरपालिका वडा नम्बर १० को १० प्रतिशत गाउँमा बिद्युत बिस्तारको काम बाकी रहेको वडा अध्यक्ष कालु भाटले बताए । यो बर्ष केही भागमा बिद्युत बिस्तारको काम सकिने उनले बताए ।
वडा नम्बर ५ मा थलारा, र कद्धवारमा बिद्युत विस्तार भएको छैन् । बिद्युत विस्तार ठेकेदार कम्पनीले लापरवाहि गरेकाले यी गाउँमा विद्युत विस्तार गर्न नसकिएको वडा अध्यक्ष फुनी बोहराले बताए । यो बर्ष बिद्युत विस्तार नगरे बिद्युत प्राविधीकरण घेरा गर्न यहाँका जनतासंगै हामी पनि जाने छौ, पोल र तार भताभुङ छन् अध्यक्ष बोहराले भने, ‘रुख र रोडमा बिद्युतका तार लतरिएका छन् प्राविधीकरणलाई मतलब नै छैन् ।,’
अधुरो विद्युत विस्तारको काम केन्द्रबाटै ठेक्का खोल्ने जानकारी आएको र अब विद्युत विस्तार हुने बताए । उनले भने, ‘यहाँको केही ठाउँ अध्ययन भएको छ माथिबाट ठेक्का खोल्छ अनी काम अगाडी बढ्छ ।’