बैतडी :
बतडीको पाटनमा तेश्रो संस्करणको पाटन प्रिमियर लिग सिजन–३ हुने भएको छ । पाटन क्रिकेट क्लबको आयोजनामा तेश्रो संस्करणको खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने भएको अध्क्षय किरण चन्दले बताए ।
कर्तिकमा हुने क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्धितिय पुरस्कार ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पाटन क्रिकेट क्लबले जनाएको छ ।
प्रतियोगिताभर उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई नगद २२ हजार २२२ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ठ बलरलाई जनही ११ हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यही असोज १३ गतेदेखि २७ गतेसम्म टिम दर्ता गरिसक्नु पर्नेछ । टिमदर्ता भइसकेपछि लगत्तै प्रतियोगिताको मिति तय गरिने आयोजक, पाटन क्रिकेट क्लबका अध्यक्ष चन्दले जानकारी दिए । कार्तिक पहिले साता प्रतियोगीता गर्न गरी तयारी तिव्र भइरहेको उनले ब। आयोजनाको बारेमा थप छलफल गर्न क्लबले यही असोज १२ गते बैठक समेत डाकेको छ ।
यस वर्ष ड्युज बलले आयोजना हुने छ । बैतडी जिल्लाभित्रको टिमले मात्रै दर्ता गर्न सक्ने छन् । कुनै पनि एक टिममा बढीमा ४ जनामा मात्रै खेल्न पाउनेछन् ।
गत वर्ष टेनिस बलले प्रयोगिता गराइएको थियो । जुनसुकै ठाउँका खेलाडी र टिमले खेल्ने अवसर पाएका थिए । तर यस वर्ष बैतडीको क्रिकेट विकासको लागि जिल्लाभित्रका टिमलाई मात्रै खेलाउने आयाजकले जनाएको छ ।