पाटन क्याम्पसको जिर्ण घेरपर्खाल नगरपालिकाले निमार्ण गर्दै

बैतडी: 

बैतडीको मुटु पाटन बजारमै रहेको पाटन बहुमुखी क्याम्पस जिर्ण पर्खाल र गेट नगरपालिकाले निमार्ण सुरु गरेको छ । पाटन बहुमुखी क्याम्पसमा घेरवार नहुदाँ सुरक्षा तथा सरसफाईमा समेत चुनौती रहेको थियो ।

क्याम्पसले समय समयमा पर्खालको माग गरे अनुसार पाटन नगरपालिकाले चालु आर्थिक बर्षमा ६ लाख बजेट विनियोजन गरेको नगर उपप्रमुख तथा योजना तर्जुमा समिति संयोजक कमल सिह बोहराले बताए ।

क्याम्पस भित्र छात्रा वास भएकाले घेरवार नहुदाँ समस्या हुने गरेको बिद्यार्थी भुवनप्रशाद भट्टराईले बताए ।

‘घेरपर्खाल निमार्णको लागि स्थानीय, प्रदेश तथा संघ सरकारसंग विभिन्न समयमा स्वबियुले बिशेष पहल गरिएको स्वबियु सभापती भागरथी भट्टले बताइन् । अहिले नगरपालिकाले घेरपर्खाल लगाउदै छ अब शौचालयको पनि समस्या समाधान हुनुपर्ने उनको भनाई छ ।

दिउँसो पढने समयमा गाई गाेरु नै क्याम्पस भित्र गएका हुन्छन् राती क्याम्पसमा कस्ता-कस्ता मान्छे पो आउछन डर हुन्छ।’ सभापती  भट्ट भनिन्र, ‘नगरपालिकालाई धन्यवाद छ ढिलै भएपनी गेटसहितको घेरवार निमार्ण हुने भयो।’

स्वबियु निवार्चन नहुदाँ लामो समयदेखी पाटन क्याम्पस भौतीक निमार्णका समस्या भोग्दै आएको थियो ।

 

us dintal patan
Leave A Reply

Your email address will not be published.