विश्व उपभोक्ता अधिकार दिवस बैतडीमा पनी मनाइयो

बैतडी:

विश्व उपभोक्ता अधिकार दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ । सोही अवसरमा बैतडीको घरेलु तथा साना उद्योगमा ‘स्वास्थ्य प्रति सधैँ सचेत रहौँ’ भन्ने मूल नाराका साथ सदरमुकाममा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

बजारमा मूल्य सूचीको व्यवस्था हुनुपर्ने, सामानहरूको म्याद नाघेको सामानहरूको विक्री वितरण नगर्ने, सरसफाइमा ध्यान दिनु पर्ने, व्यवसायीहरूलाई आधारभूत तालिम दिनुपर्ने, उपभोक्ताहरू पनि आफै सचेत हुनु पर्ने आदि विषयमा कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले बताए ।

Leave A Reply

Your email address will not be published.