ललित बोहरा, पाटन :
बैतडीको दसरथचन्द नगरपालिका ६ महिलाले सामुहीक दुना टपरी उद्योगको सञ्चालन गरेका छन् । जिल्लाका महिला गाउँघरमै उपलव्ध हुने कच्चा पदर्थको सदुपयोग गरि दुना टपरी उद्योगबाट आत्मनिर्भर बन्न खोजिरहेका छन् ।
दसरथचन्द नगरपालिका ६ का महिलाहरु गाउँघरमै दुना टपरी उद्योग खोलेर आत्मनिर्भर बन्ने योजनामा रहेका छन् । गाउँघरमै पाईने सालका पातहरुलाई सदुपयोग गरि उनीहरुले दुना टपरि उद्योग स्थापना गरेका छन् ।
उद्योग स्थाप्ना गर्न र उनीहरुलाई प्राविधिक सहयोग भने अक्सफाम नेपालको आर्थिक सहयोगमा रुडेस सस्था बैतडीको सहयोगमा पहिलो ५ जना महिलाले कञ्चनपुरमा प्रशिक्षक तालिम लिएपछि गाउँका ३० महिलालाई सिकाई राखेको उद्यमी महिला सन्तु भारतीले बताईन् ।
सस्थाले आफुहरुलाई तालिम दिएर दुना टपरि बनाउन सिकाएको र अब अरु महिलाहरुलाई पनि दुना टपरी बनाउन सिकाई आत्मनिर्भर बन्ने लक्ष्य लिएको दुनाटपरीको तालिम गरेर आएकी महिला भागरथी जोशीलेको भनाई छ ।
उद्योगले बजार पाउन मुस्कील परेको छ । अहिले बिहे वर्त तथा शुभकार्यका लागि मात्रा बिक्री भइरहेका उद्यमी महिला भागरथी जोशीले बताईन् ।
सस्थाले निरपाल महिला शसक्तीकरण गठन गरि सामुहीक रुपमा महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि उद्योगमा सहयोग गरेको ग्रिन परियोजना बैतडीका कार्यक्रम संयोजक गोपाल भाटले बताए ।
आफुलाई फुर्सदहुने समयमा महिलाहरु उद्योगमा आएर दुना टपरी बनाउने गर्दछन् । दुना टपरि निर्माण गरिसकेपछि बजारीकरण गर्नको लागि र थप मेसिन खरिदको लागि उनीहरुले नगरपालिकालाई अनुरोध समेत गरेको जोशी बताइन् ।
नगरपालिकाले प्लाष्टीक मुक्त नगरपालिका घोषणा गरेमात्र दुना टपरीले बजार पाउने छ । यसको लागि नगरपालिकाले आवस्यक पहल गर्नुपर्ने देखिन्छ । स्थानीय तहका जनप्रतिनिधीले समेत उद्योगको अवलोकन गरेका छन् ।