बैतडीका स्थानीय तह कर्मचारी आन्दोलनको तयारीमा

संघीय निजामति विधेयकमा संशोधनको माग

बैतडी :

सरकारले ल्याउन लागेको संघीय निजामति विधेयकमा संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीहरु आन्दलन गर्ने तयारीमा लागेका छन् । बैतडीका स्थानीय तहका कर्मचारीहरुले पनि आन्दोलनको तयारी गरिरहेका छन् ।
विभिन्न पालिकाहरुमा संघर्ष समिति गठन गरेर उनीहरुले सरकारलाई दबाब दिने तयारी गरेका हुन् । अहिले सम्म जिल्लाका ५ ओटा स्थानीय तहमा संघर्ष समिति गठन भएका जानकारी प्राप्त भएको छ ।

दोगडाकेदार गाउँपालिका स्वास्थ्य शाखा प्र्रमुख नरेन्द्र नाथको संयोजकत्वमा १७ सदस्यीय पालिकास्तरीय संघर्ष समिति गठन गरिएको छ ।

यस्तै सिगास गाउँपालिकामा शिक्षा अधिकृत रमेशप्रसाद भट्टको संयोजकत्वमा ११ सदस्यीय पालिकास्तरीय संघर्ष समिति गठन गरिएको छ । स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटेर एकीकृत निजामति सेवा ऐन ल्याउनुपर्ने आफूहरुको माग रहेको गाउँपालिकाका आन्तरिक लेखा परीक्षक टीकासिंह धामीले जानकारी दिए ।

स्थानीय तहका कर्मचारीहरुलाई समेत मार्का नपर्ने गरेर ऐन ल्याउनुपर्ने आफूहरुको माग रहेको धामीले बताए । यस्तै मेलौली नगरपालिकामा चक्रमणी जोशीको संयोजकत्वमा ११ सदस्यीय पालिकास्तरीय संघर्ष समिति गठन गरिएको छ ।यस्तै शिवनाथ गाउँपालिकामा कम्प्युटर अपरेटर कोमलविक्रम सिंहको संयोजकत्वमा सात सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

यस्तै बाँकी रहेका पालिकाहरुमा पनि संघर्ष समिति गठन गर्ने तयारी भइरहेको कर्मचारीहरुले बताएका छन् । आज जुम मिटिङ गरेर जिल्ला स्तरीय संघर्ष समिति गठन गरिने बताइएको छ ।

us dintal patan
Leave A Reply

Your email address will not be published.