तुसरानी सिमार गोइचडा खानेपानी योजना उद्घाटन, एक घर एक धारा

ललित बोहरा
बसन्तपुर/बैतडी: 

बैतडीको पाटन नगरपालिका- ५ मा नव निर्मित तुसरानी सिमार गोइचडा खानेपानी योजना उद्घाटन गरिएको छ । भौतिक पुर्वाधार मन्त्रालय सुदूरपश्चिम प्रदेश, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले खानेपानी योजना निमार्ण गरेको हो ।

२ बर्षको अबधिमा निमार्ण सम्पन्न भएको योजनामा श्रमदानसहित कुल ५७ लाख बजेट खर्च भएको तुसरानी सिमार गोइचडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गजेन्द्र बोहराले बताए ।

तुसरानी सिमार गोइचडा खानेपानीको आईतबार अन्तरिम विद्यायक सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मञ्जु बम, निर्वतमान प्रदेश सदस्य प्रेम प्रकाश  भट्ट (आदित्य)ले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

एक घर एक धारा निमार्ण गर्ने योजना अनुसार ४४ धारामार्फत घर घरमा स्वच्छ खानेपानी पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण बहादुर बोगटीले बताए ।२ बर्ष अगाडी १ लाखमा सुरु गरेको योजना निकै छिटो सम्पन्न गरेको उनले बताए ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले उपभोक्ता समिति अध्यक्ष गजेन्द्र बोहराले स्वमित्वपत्र समेत हस्तातरण गरेका छन् ।

टाढाको खोलाबाट आएको दुर्षित पानी पिउने यहाँका जनताले स्वच्छ पानी पाएपछि सरकार जनताका लागि रहेछ भन्ने महशुस भएको स्थानीय सुन्दरी बोहराले बताइन् ।

‘खोलाको गाई गोरु समेत सडे गलेर किरा मरेको पानी पिउनु पर्ने बाध्यता थियाे’ सुन्दरी बोहराले भनिन्, ‘अब सफा पानी पाएपछि खुसी छौ,पहल गर्न सबैको भलो होस।’

२ हजार ७ सय मिटर टाढाको तुसरानी खोलाको मुहानबाट ५० परिवारका लागि घर घरमै स्वच्छ खानेपानी पुगेको समिति अध्यक्ष बोहराले बताए । उद्घाटन कार्यक्रममा बोल्दै निर्वतमान प्रदेश सभा सदस्य भट्टले प्रदेश सरकार काम नै लागेन् भन्नेहरुले यस्ता योजना हेर्न आउन सुझाव दिए ।

उनले भने, ‘मैले पहिले आउने मेला फोहर पानी पिउनु पर्ने बाध्यता यहाँका नागरिकले सुनाए म सांसद भएको बेला बजेट हाले अहिले राम्रो योजना भनेको रहेछ खुसी लाग्यो’ निर्वमान सासंद भट्टले थपे, ‘खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडी र उपभोक्ता समितिलाई धन्यवाद छ राम्रो योजना छोटो समयमा सम्पन्न गरेर जनतालाई खानेपानी पुगाउनु भयो ।’

कार्यक्रम वडा अध्यक्ष फुनी बोहरा, नगर उपप्रमुख कमल बोहरा अपी, भुमी आयोगका अध्यक्ष धर्म सिह ऐर कपील, विद्युत प्राविधीकरण पाटनका प्रतिनिधी हरि भण्डारी, पत्रकार तथा शिक्षक लगायतका उपस्थिती रहेको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.