बैतडी:
शहीद जितसिह ठगुन्नाको जन्मस्थल पाटन नगरपालिका-५ बैतडीमा उनको स्मृती भवन निर्माण गरिएको छ ।
स्मृती भवनको आईतबार एक औपचारीक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश निर्वतमान प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट (आदित्य)ले उद्घाटन गरेका छन् ।
पाटन नगरपालिका ५ उनको जन्म भुमीको शहिद ठगुन्नाकै जग्गामा स्मृती भवन निमार्ण गरेको उपभोक्ता समिति अध्यक्ष गजेन्द्र बोहराले बताए । सुदूरपश्चिम प्रदेश निर्वतमान प्रदेश सभा सदस्य प्रेम प्रसाद भट्ट आदित्यको सांसद विकास कोषमार्फत रु. ५ लाखमा भवन बन्नको हो ।