बैतडी:
नेपाल भारत सीमा नाका झुलाघाटमा खुल्ने सयम ताेकिएकाे छ । भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले सोमबार सीमा नाकामा खुल्ने समय ताेकिएकाे जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले बताए ।
भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एकदिनका लागि बन्दकाे समय ताकेकाे हो । यसअघि पुल मर्मतका बिषयमा दुवै पक्षका अधिकारीहरुबीच सहमति भएको थियो ।
आज बिहान ८ः ४५ बजेदेखी दिउँसो १ः १५ बजे सम्म र दिउँसो २ बजेदेखी अपराहन्न ४ः १५ बजे सम्म आवागमन बन्द रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
सीमाक्षेत्रमा नेपाल –भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने बिषयमा समेत छलफल भएको थियो । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करीब डेढ सय बर्ष अगाडि निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने कार्य भइरहेको हाे ।