ललित बोहरा/बैतडी:
बैतडी जिल्लामा बिभिन्न कार्यक्रम गरेर साताब्यापी विश्व रेविज विरुद्धको दिवस मनाउन थालिएको छ । पाटन नगरपालिका र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीकाे संयूक्त आयोजनामा साताब्यापी विश्व रेविज विरुद्धको दिवस सुरु भएको छ । सोमबार भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पाटन नरपालिकाले घर पालुवा तथा सडकका छाडा कुकुरलाई निःशुल्क विश्व रेविज बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म त्यस्ता जनावरहरु ल्याएर खोप लगाई रेविजबाट बच्न तथा बचाउन सबैमा अनुरोध गरेका छन ।
५ गते देखि सञ्चालन गरिएको रेबिज विरुद्धको खोप ११ गतेसम्म सप्ताहको रुपमा लगाइने र बाँकी डोज खोप निरन्तर रुपमा लगाइने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बैतडीका प्रमुख गुमानी पन्तले बताए । सप्ताह अन्र्तगत यही ९ गते सुर्नया गाउँपालिका र दरशर्थचन्द नगरपालिकाका लागि सत्तबजार, ११ गते मेलौली नगरपालिकामा रहेको घरपालुवा तथा छाडा कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउने कार्यक्रम तह भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बैतडीका प्रमुख पन्तले बताए ।
पाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख कमल सिह बोहरा(अपी)को नेतृत्वमा सोमबार पाटन बजार भरीका कुकुरहरुलाई खोजेर खोप लगाएको पाटन नगरपालिका भेटेनरी शाखाले जनाएको छ ।
रेबिजमानिस तथा जनावरहरुमा लाग्न सक्ने एक प्राण घातक जुनोटिक रोग हो । मानिस तथा कुकुरमा लाग्न सक्ने लक्षणहरु बारे इसापूर्व ३००० वर्ष पहिले नै यहुदी ग्रन्थमा लेखेको पाइन्छ । यो रोगको विषाणुले मुख्यतया केन्द्रिय स्नायु प्रणालीमा असर पारी उत्तेजना तथा पक्षघातका लक्षणहरु सिर्जना गर्ने छर्दछ ।
यो रोग मानिसमा पनि लाग्ने हुनाले जन स्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्वपूर्ण छ । खास गरेर पशु स्वास्थ्य कर्मिहरुको लागि रेविज बढी खतरापूर्ण र जोखिम छ । नेपालमा मुख्यतया रेविज बहुला कुकुरको टोकाईबाट मानिसमा सर्ने गरेको छ र केहिलाई विरालो, न्याउरीमुसा र स्यालको टोकाईबाट भएको पाईएको डा विशाल पाठकले बताए ।