बैतडी:
बैतडीको प्रशिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीमा मेला यही असोज १० गतेदेखी १२ सम्म लाग्ने भएको छ ।
हरेक बर्ष जस्तै ठुली जात १० गतेबाट ३ दिन लाग्ने वडा अध्यक्ष सुर्य बोहराले बताए । निङ्गलाशैनी भगवतीको भण्डार घरबाट मङ्गलबार मन्दिरमा भण्डार भित्र्याएसँगै मेला/जात्रा शुरु हुने गरेको छ ।
जात्रामा नेपाल तथा भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष बोहराले बताए । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा सोराड क्षेत्र र सदरमुकाम क्षेत्रबाट आउने जात्रा मुख्य आकर्षण हुन् ।
जात्रामा बलि नहुने र यो जातलाई ठूली जातको रूपमा मनाउने गरेको छ । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चार पटक जात्रा लाग्ने गरेको छ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा मेला भर्नेहरुको घुइँचो लागेको छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा विशेष पूजा लाग्ने अनन्त चतुर्दशीको दिनलाई महत्वपूर्ण दिनका रूपमा लिइने गरिएको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए ।
मेला अवधिभर देहीमाण्डौमा मदिरा निषेध गरेको मेला व्यवस्थापन समिति अध्यक्ष भान सिह बोहराले बताए ।