बैतडी:
नेपाल भारत सीमा झुलाघाट नाकामा रहेको पुल मर्मतका लागि आज पनि ६ घण्टा बन्द गरिने भएको छ । पुल मर्मतको लागि सोमबार बन्द गरिएको भएपनि मर्मतको काम नसकिएको भन्दै आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको हो ।
पुल अर्को सूचना नहुँदा सम्मको लागि बिहान ८ः४५ देखि दिउसो १ः१५ बजेसम्म र दिउसो २ः१५ बजे देखि पुनः ४ः१५ बजेसम्म आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको छ । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करीब डेढ सय बर्ष अगाडि झोलुंगे पुल निर्माण गरेको थियो ।