बैतडी:
राष्ट्रिय भूमी आयोग बैतडीमा ८ स्थानीय तहको तथ्याङक अपडेट भएको छ । जिल्लाका दोगडाकेदार र डिलाशैनी गाउँपालिकाले आफ्नो पालिका भित्र संकलन भएका निवेदन भुमी आयोगलाई नपुगेको नापी कार्यालयका प्रमुख विवेक चन्दले बताए । सम्झैतामा स्थानीय तहले तथ्याङक संकलन तथा अनलाईन अपडेट गर्नु पर्ने सर्त राखिएको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिनेसम्बन्धी पैंतीस ३५ दिने सूचनाको समयमा यहाँका ८ पालिकाले अनलाईनमा तथ्याङक संकलन गरेर अपडेट गरेका छन् ।
८ पालिका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका २ हजार २ सय ८३ निवेदन परेको नापी कार्यालयका प्रमुख चन्दले बताए । आईतबार जिल्लामा भएको भुमी आयोगको बैठकले तथ्याङक संकलन नगर्ने स्थानीय तहसंग समन्वय गर्ने तथा पत्राचार गर्न निर्णय गरेको अध्यक्ष धर्मसिह ऐर कपिलले बताए।
‘स्थानीय तहले ढिलो गरि लगत संकलन गरेकाले लालपुर्जा वितरणको काम पनि ढिला भएको छ’ अध्यक्ष ऐरले भने, ‘बेला बेला स्थानीय तहलाई हामीले अनुरोध गरिहेका छौ केही को आएको छ आएको तथ्याङक अब प्रक्रियामा जान्छ ।’