बैतडी:
बिहीबार बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशी मेला लाग्ने भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा लाग्ने भएको हो ।
अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाका लागि दशरथचन्द नगरपालिकाले ११ गते सार्वजनीक विदा दिएको छ । एक सूचना जारी गर्दै नगरपालिकाले भाद्र शुक्ल द्वादशीबाट जात्रा हुने भएकाले बिदा दिइएको जनाएको छ ।
तीनरात जाग्राम बस्ने भक्तजनहरुले ११ गतेदेखी मन्दिरमा बस्न शुरु गरेको पूजारीले बताए । चतुर्दशीको अवसरमा लाग्ने मेलामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरीहरुले जात्रा ल्याउने प्रचलन रही आएको छ । परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रही आएको हो ।
निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष चार पटक जात्रा लाग्ने गर्दछ ।