महेन्द्रनगर:
प्राज्ञिकको शिक्षा कार्यशाला महेन्द्रनगरमा हुने भएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, सुदुरपस्चिम प्रदेशको आयोजनामा देशको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला कंचनपुरको महेन्द्रनगर आगामी सनिवार हुने भएको हो ।
भिमदत्त नगरपालिकाको सभाहलमा सम्पन्न हुने उक्त कार्यशालामा सम्पन्न हुनेछ । सुदुरपस्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा अम्मराज जोशी प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा शिक्षाविद एवं अनुसन्धानकर्ता प्रा।डा।बद्रीनारायण गौतमले कार्यपत्र प्रस्तुत गर्ने परिषद्ले जनाएको छ ।
परिषदका सुदुरपस्चिम प्रदेश अध्यक्ष पृथ्वीराज अवस्थीको संयोजकत्वमा सञ्चालन हुने कार्यक्रमका टिप्पणीकर्ता डा.मदन सिह देउपा र डा.राजेन्द्र चन्द रहनुभएको छ ।कार्यक्रममा आधारभूतदेखि उच्च तहसम्मको शिक्षासँग जोडिएका पाठ्यक्रम, शिक्षा नीति, शिक्षण विधि, मूल्याकंन पद्धति लगायतका विषयमा अध्ययन, विश्लेषण एवं परिचर्चा गरिने परिषद्का केन्द्रिय सदस्य प्रदिप भट्टले बताउनुभयो ।
परिषदले यश अघि ५ प्रदेशमा शिक्षा कार्यशाला सम्पन्न गरिसकेको छ ।