बैतडीमा एक जना मृत फेला

बैतडी:

बैतडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ५ कुवाकोटका ४२ वर्षिय सुरेन्द्र कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

कुँवर घरनजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बिहीवार विहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जनाकारी दिए ।

कुँवरको मृत्युको कारण खुलेको छैन् । घटनास्थलमा प्रहरी खटिएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खत्रीले बताए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.