बैतडी:
कञ्चनपुरमा करेण्ट लागेर बैतडीका एक पुरूष मृत्यु भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – ५ स्थित निर्माण कम्पनीमा काम गर्ने बैतडीको मेलौली नगरपालिका वडा नम्बर ०१ का ४१ बर्षिय लक्ष्मण दयालको करेण्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो ।
कम्पनी नजिकै रहेको मलरिया खोलाको पानीमा करेण्ट लगाई माछा मार्ने क्रममा निजलाई करेण्ट लागी घाईते भई उपचारको लागी दोधारा चाँदनी अस्पताल ल्याईएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा निजलाई मृत्त घोषणा गरेको हो ।
यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट थप अनुसन्धान भईरहेको छ ।