ललित बोहरा
बैतडी: बैतडीको पाटन नगरपालिका-५ को कनेडा गाउँ । खानेपानीको समस्याले पिरोलेको छ । उच्चो डाडाँको कनेडा गाउँलाई प्रकृतीले पनि ठगेको छ ।
पानीको मुख्य स्रोत जंगल त छ तर सल्लै सल्लाको । जसबाट पानीका स्रोत उत्पन हुन सक्दैनन् । खानेपानीको सहज पहुँच नभएपछि केही नागरिकले यहाँबाट बसाई सर्ने तयारी गरेको छन् ।
आम्दानी भएका यहाँका नागरिक पानी भएको ठाउँमा सर्दै जाने गरेका छन्। भने केहिले जाने तयारी गरेका छन् । करिब १५ परिवार बसोबास गर्न कनेडाका जनता पनि एक जुट नभएर अर्को समस्या भएको छ । अधिंकासका घरमा पानीको न्वालाहरु छन् ।
करिब ६ न्वाला र २ ठुलो टंकीहरु त्यहाँ निमार्ण गरिएको छ भने गत बर्ष ताला लगाएर भाइरल भएको न्वालाका लागि विनीयोजित बजेट एक सय मिटर माथि घरमै अर्को न्वाला निमार्ण गरिएको छ ।
बजेट फिरिज जान नदिएको स्थानीयले बताए । एक पटक युटुबमा भाईरल भएको ताला लगाएको न्वालो पनि त्यही हो । स्थानीय गाई गोरु र बालबालिकाले पानी फोहर गर्न भएकाले यो ताला लगाउनु परेको स्थानीय बिर ठगुन्नाले बताए ।
यस्तो न्वालोहरु स्थानीय सरकारले जिर्णद्धार गर्नु पर्ने हो । तर गाउँभरी भएकाले बर्षातमा देखिने पानीका न्वालामा जनताको जोड देखिन्छ । सबै न्वालाहरुलाई एकैपटक बनाउन नसकने वडा कार्यालयको भनाईछ । वडाले कनेडामा खानेपानी समस्या न्युनिकरण गर्न पम्परागत न्वाला मर्मत र टं्याकी निमार्ण र प्लाटीकका टं्याकी वितरण गरिएको वडा अध्यक्ष फुनी बोहराले बताए ।
कुलाडाभातखोलाबाट एक हजार लामो पाईप लाईन विस्तार गरेर २०७४ सालमै कनेडामा खानेपानीको थप जोहो गर्ने प्रयास गरिएको छ। तर जंगलमा पाईपलाई भएकाले काटीदिने पाईप निकाल्ने समस्या छ तर गाउँलेहरु एक जुड नहुदाँ खानेपानीको समस्या चुलीने गरेको स्थानीयको भनाई छ ।
गाउँमा खानेपानीको समस्या बढी ३ महिना हुने स्थानीउ कृष्ण ठगुन्नाले बताए । उनका अनुसार ६ नम्बर मा पर्ने मुहानबाट आफुहरुलाई पानी ल्याउन दिदैन् घेरवार लगाएर राखेको छ । प्रकृतीले ठगेका हामीहरलाई लिप्टमार्फत खानेपानीबो व्यवस्था गर्नु पर्ने उनको माग छ । यहाँको खानेपानीको समस्या समाधान गर्न लिष्टका लागि डिपिआर यो बर्ष निमार्ण गर्ने तयारी भएरहेको छ ।
भिडियो…..