कहिले सञ्चालन हुन्छ तरकारी तथा फलफुल संकलन केन्द्र?

ललित बोहरा
(खाेड्रपे) बैतडी :  निमार्ण सम्पन्न भएको तरकारी तथा फुलफुल संकलन केन्द्र कहिले संचालन हुन्न्छ भने जनताले प्रश्न गरिहेका छन् । बैतडीको पाटन नगरपालिका-८ ज्याफुमा निमार्ण सम्पन्न भएको तरकारी तथा फलफुल संकलन केन्द्रमा ताला लगाएको छ ।

८८लाख लागतमा निमार्ण सम्पन्न भएको ३ महिना भएर पनि तरकारी तथा फलफुल संकलन केन्द्र सञ्चालनमा आएको छैन् । नयाँ शहर आयोजनाको पाटनले निमार्ण सम्पन्न भएपछि ठेकेदार कम्पनी एस एस के निमार्ण सेवालाई अन्तीम भुक्तानी नदिदाँ भवनमा ताला लागेको हो

असार १५ भित्र काम सकेर भुक्तानीका लागि बिलभरपाई पेश भएपनि कार्यालयले भुक्तानी नदिएको ठेकेदार कम्पनीका संचालक मदन मोहन बिष्टले बताए । ‘मैले असार मै काम सकेर भुक्तानीका लागि विलभरपाई पुर्ण पेश गरेको छु। कार्यालय प्रमुखले अन्तीममा आएर भुक्तानी गर्न सकिएन भनिदियो।’ निमार्ण व्यवसायी बिष्टले भने, ‘मेरो २६ लाख नदिएकोले ताला मैले नै लगाएको हो ।’

३ बर्ष पहिले निमार्ण सुरु भएको संकलन केन्द्र ढिलो गरी निमार्ण सम्पन्न भएको हो । निमार्ण सम्पन्न गरेर असार अन्तीममा बिलभरपाई आएकोले भुक्तानी दिन नसकिएको नयाँ शहर आयोजनाको पाटनका सूचना अधिकारी रोहित भण्डारीले बताए । उनले भने, ‘काम ढिलो गरि सम्पन्न भयो काम ढिलो अनी बिलभरपाई पनि लाष्ट तिर आयो भुक्तानी गर्न सकिएन्। ’

पाटन नगरपालिका नगरपालिका वडा नम्बर ८ र ९ का कृषकका कृषि उपजलाई बजारीकरण गर्नका लागि केन्द्र स्थापना गरिएको हो ।  संकलन केन्द्र सञ्चालनमा नआउदाँ कृषि उपजहरु (तरकारी, बन्दा, आलु) लामो समय गाडिका लागि सडकमै रोकिनु पर्ने बाध्यता रहेको कृषक लक्ष्मी बिजले भाटले बताइन् । उनले भनीन्, ‘अधिकास यहाँका कृषकले तरकारी बेच्न सडकमै गाडि कुर्नु पर्छ यो संकलन केन्द्र छिटो संञ्चालन होस।’

जग्गा विवादले निमार्णमा ढिलाई भएको निमार्ण कम्पनीको दाबी छन् ।  संकलन केन्द्र निमार्ण सकिए पनि संचालन नुहुनु दःुखद भएको वडा अध्यक्ष हरिष बिष्टले बताए । ‘यो निमार्णका लागि म निर्वाचीत नभए पनि जग्गा व्यवस्थापनदेखि अन्य समन्वयका काम गरेको छु, उनले भने, ‘निमार्ण सम्पन्न भएपनि सञ्चालन नहुनु दुख हो। छिटो सञ्चालनका लागि सम्बन्धीत निकायलाई भनीरहेकै छु।’

अधुरो भवनलाई छिटो निर्माण गर्न पटक-पटक  नयाँ शहर आयोजना कार्यालयलाइ अनुरोध गरी ठेकेदारलाई ताकेता गर्ने काम वडाले गरेका अध्यक्षा बिष्टले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.