बैतडी: डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु् भएको छ । मृत्यु हुनेमा जिल्लको आलिताल गाउँपालिका ७ बन्से खडक बिष्टका २२ बर्षिया छोरा राजेश बिष्ट रहेको छन् । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साझ करिब ६ बजे बिष्ट करेन्ट लागेर बेहोस भएका थिए । उनलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो । । बिष्टको शव अहिले अस्पतालमै राखीएको छ ।