गाउँमा ल्याब सेवा

बैतडी:

बैतडीको डिलाशैनीकाे धामी गाउँमा ल्याब सेवा गरिएको छ । गाउँपालिकाको-७ धामी गाउँमा विगत १० महिना देखि सेवा दिइरहेको डिलाशैनी स्वास्थ्य ल्याबको शनिबार विधिवत रुपमा उद्धघाटन गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट (यदु) ले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष सन्तोश प्रकाश जोशी, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्ट, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शंकरबहादुर बोहराको उपस्थितिमा ल्याब सेवाको औपचारिक रुपमा उद्धघाटन गरिएको प्रवक्ता भट्टले बताए । गाउँपालिकाले उपकरण र जनशक्ति व्यवस्थापन गरेर नागरिकहरुलाई सेवा दिइरहेको उनले बताए ।

ल्याब सेवा सञ्चालन आएपछि नागरिकहरुलाई सेवा लिन सहज भएको उनको भनाई छ। ल्याब सेवा सञ्चालनमा आएपछि खकार, दिशा पिषाब र रगत चेकजाँच गरेर रोग पत्ता लागाउन सहज भएको हो । ल्याब सेवा लगायतका सामान्य उपचार सेवा लिन अन्यत्र जानुपर्ने यहाँका नागरिकहरुको बाध्यता अहिले हटेको जनप्रतिनिधिहरुले बताए ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!