बैतडी: बैतडीको सिगास गाउँपालिकाले अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकहरूलाई कम्बलसहित सम्मान गरेको छ ।
ज्येष्ठ नागरिकहरू मध्ये प्रत्येक वडाबाट तीन जना महिला, तीन जना दलित र ४ अन्य गरी दस/दस जनालाई दिवसको अवसरमा आइतबार कम्बल बितरण गरिएको हो ।
नौ वडाका वडाअध्यक्षमार्फत ज्येष्ठ नागरिकहरूलाई पालिकाको लक्षित विशेष कार्यक्रम अन्तर्गत कम्बल वितरण गरिएको गाउँपालिकाले जनाएकाे छ। नौ वडाका ९० जना ज्येष्ठ नागरिकहरूलाई कम्बल बितरण गरिएको हो ।