बैतडीका १० बिद्यालयमा रुपान्तरण कक्षा : हिंसा विरुद्ध साथी र “साथी शिक्षक”
रुपान्तरण कक्षा : मेरो साथी मेरो शिक्षक
ललित बोहरा
(पाटन)बैतडी: घरेलु हिसां, मानव बेचविखन र यौन हिसांको शिकार धेरै लक्षित वर्णले हुनु परेको छ । स्थानीय सरकार, प्रहरी तथा अल्पकालीन सुरक्षीत आवासको तथ्याङकले पनि बैतडीमा घरेलु हिँसा तथा बलात्कार मुद्धा बढीरहेकै देखाउछ ।
विभिन्न प्रलोभन देखाएर झुलाघाट लगायतका नाका भएर मानव बेचविखन पनि भइरहेको प्रहरीको बेपता तथ्याङकले पनि देखिएको छ । यी वा यस्तै घटना न्युनीकरण गर्न बैतडीका बिद्यार्थीहरुलाई रुपान्तरण कक्षाकाे माध्यमबाट साथी शिक्षकले ज्ञान आदान प्रदान गरिरहेका छन् ।
पाठ्यक्रम नै निमार्ण गरेर यहाँका बिद्यालयका बिद्यार्थीहरु बाल बिवाह, लैगिंक हिंसा घरेलु हिंसा, मानव बेचविखन लगायतका बिषयमा आफ्नौ साथीबाट सिक्ने गरेको छन् । साथै दैनिक व्यवहारमा लागु हुने बिषयमा पनि छलफल रुपान्तरण कक्षामा शिक्षककै निगरानीमा ज्ञान आदान प्रदान भइरहेकाे शिक्षक धनबहादुर महराले बताए । उनले भने,‘हामीले सिकाउदै धेरै कुरा सोध्न हिचकिचाउथे अहिले उनीहरु आफै पढछन् आफ्नो साथी पढाउछन्, खुसी छन् हामी निगरानी गछाैँ।’
पाटन नगरपालिका– १, ८ र ९ का बिद्यार्थीहरुले उमेरसँगै शारीरिक तथा मानसिक रुपमा आफुमा आउने समस्या र परिवर्तनको बारेमा घर परिवारमा खुलेर बताउदाँ परिवारबाट सहयोग र समाजमा सम्मान मिल्ने गरेको बताएका छन् ।
आफुलाई समस्या पर्दा विद्यालयमा साथीलाई सुनाउने गरेका दमन्ती पन्त रुपान्तरण कक्षामा सहभागी भएपछि आफ्नो परिवारका सदस्यहरुलाई आफुले भोग्नुपरेको समस्या र आवश्यकता त घरमा सुनाउन सजिलो भएको बताउछिन् । उनले भनीन्, ‘आफ्नो कुरा घरमा आमालाई त सजिलै भन्छु अनी गाउँ र समाजलाई पनि म मेला पात जदाँ यहाँ सकेका कुरा सिकाउने गरेकी छु। ’
१५ बर्षीय पन्तले साथी शिक्षकद्धारा संचालन हुने रुपान्तरण कक्षामा सहभागी भएपछिको अनुभव कुनै संकोच नमानी स्थानीय सरकारको अनुगमन टिमलाई बताईन्।
आफ्नो उमेर समुहका साथीले साथी शिक्षक भएर पढाउदा तथा समुहगत छलफल गर्दा सिकाई सहज भएको जनता मावि आरुबाटाका बिद्यार्थी रेखा बिष्टले बताईन् ।
उनले भनीन् ‘मेरो साथी मेरो शिक्षक भएको छ बिद्यालयमा मात्र हैन बाटोमा र घरमा समेत हामी कुराकानी बाल अधिकार, बाल विवाह, बालश्रम, यौन हिंसा, घरेलु हिंसा लगायतकै गर्छौ।’
रूपान्तरण कक्षामा सहभागीहरुले आफ्नो अनुभब समस्याको आदानप्रदान गरि समस्याको दिर्घकालिन समाधान रोज्न, आत्म जागरणसंगै लैङ्गिकता, घरेलु हिंसा, बालविवाह र सामाजिक व्यवहारिक कुराहरू बालबालिकाहरूले सिके छन् ।
नागरिक सहभागिता तथा व्यवहारिक कुराहरू रुपान्तरण कक्षामा सकेको घरपरिवार तथा समाज परिर्वतन ल्याउने भएकाले राम्रो रहेको कक्षा अवलोकनमा पुगेका पाटन नगरपालिका का.बा नगर प्रमुख कमल सिह बोहराले बताए ।
उनले भने, ‘बिद्यार्थीहरुले घरपरिवार र समाजमा यहाँ सकेका बिषयहरु पुगाउनुस आफ्नो व्यवहारमा पनि लागु गर्नुस।’
अहिले समयको माग अनुसार सक्षम र योग्य नागरिक बनाउन बालबालिकाको क्षमता वृद्धि गर्न रुपान्तरण कक्षा वरदान साबित हुने विश्वास लिएको छु । का.बा प्रमुख बोहराले भने, ‘नगरपालिकाले पनि यस्ता कार्यक्रम बढाउन सहयोग गर्छ।’ रुपान्तरण कक्षामा १३ देखि १८ बर्ष उमेर समुहका बालबालिकाहरु सहभागी रहेका छन् ।
जिल्लाको दशरथचन्द र पाटन नगरपालिकाको १० माविमा रुपान्तरण कक्षा सञ्चालनमा छ । यहाँका २० साथी शिक्षक (१० छात्र – १० छात्रा र सोही अनुपातमा १०-१० जना शिक्षक बाह्य सहयोग गरिरहेका छन् । भने साथी शिक्षकहरुले सहजीकरण गरिरहेका छन् ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा पिसवीनले सञ्चालन गरिरहेको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण अन्तर्गत रुपान्तरण कक्षाहरु सञ्चालनमा रहेके पिसवीनका कार्यक्रम संयोजक माधव भट्टले बताए । नेपाल सरकारले बनाएको रुपान्तरण प्याकेज लाई नै १६ हप्ता सम्म संचालन गर्ने गरिएको छ ।