बैतडीको होटेलमा एक युवक मृत फेला

बैतडी:

बैतडीको होटेलमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका-८ स्थित नेपाल–भारत सीमामा पर्ने झुलाघाट बजारको बोहरा होटेलभित्र एक ३३ वर्षिय युवक मृत फेला परेका हुन् ।

मृत फेला परेका युवक बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ बुडखोरिका हिक्मत धामी रेहका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

उनका अनुसार भारतको अलमोडबाट काम गरेर स्वदेश फर्किएका युवक राति बोहरा होटेलमा बास बेसका थिए । बास बसेका युवक राति साढे २ बजेको समयमा होटेलको माथिल्लो तलाको कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रवक्ता खत्रीले बताए ।

मृत्युको कारण खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.