बैतडी: कांग्रेस उपसभापती एवं वडा अध्यक्ष चन्द माओवादी केन्द्र प्रवेश

बैतडी : नेपाली कांग्रेसका पालिका उपसभापती तथा वडा अध्यक्ष बिरहादुर चन्द नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चन्दलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्य, स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले स्वागत गरेको छन् ।

स्थानीय तहको चुवनामा माओवादीको चुनाव चिन्हबाट निर्वाचीत अध्यक्ष चन्दले पार्टी सदस्य लिएर सोमबार पाटनमा भएको जनतासंग माओबादी विशेष रुपान्तरण अभियानको समिक्षा कार्यक्रममा प्रवेश गरेका हुन् ।

उनलाई के जिम्मेवारी दिने भनेबारे पार्टीमा अब छलफल हुने माओवादी केन्द्र बैतडी संयोजक शंकर भण्डारीले बताए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.