ललित बोहरा
बैतडी : शान्ति सम्झौताको प्रक्रिया टुंग्याउन सबै दलको जिम्मेवारी रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले आग्रह गरेका छन् ।
प्रेस सेन्टर नेपाल बैतडीले मंगलबार गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव आचार्यले शान्ति प्रक्रिया पुरा गर्न माओवादीको मात्र दायित्व नरहेकोले सम्र्पूण दल जिम्मेवार हुनुपर्ने धारणा राखे ।
‘शान्ति प्रक्रियाका केही काम बाँकि छन् अझै हाम्रा दलका नेताहरुका नाममा मुद्धा छन् त्यो देखाएर केही दलले माओवादीलाई तसाउने गरेका छन् ।’ सचिव आचार्य भने, ‘शान्ति प्रक्रिया माओवादीको मात्र बिषय हैन्, नेपालका सबै राजनितीक दलको हो सबै जिम्मेवार बनौँ।’
शान्ति प्रक्रिया टुंगो नलागेकाले कुनै दिन फेरी नाती पुस्ताले बन्दुक उठाउनु पर्ने अवस्था आउने उनको दाबी छ । ‘शान्ति प्रक्रिया टुंगोमा नपुगेको माओवादीले बन्दुक नउठाउनला, अरु पार्टीले बन्दुक नउठाउला। यो पुस्ताले नउठाउलान तर नाती पुस्ताले बन्दुक उठाउनु पर्ने दिशामा यो देश जान्छ ।’ ‘सचिव आर्चायले थपे,
‘जनयुद्धको कलह निष्र्कशमा पुगेको छैन, सबै दललाई आग्रह छ यो देश विकास उन्नतीको बिषय हो गम्भीर बन्नुस।’
एमाले, काँग्रेस लगायतका राजनितीक दललाई माओवादीलाई शुन्य गर्न एक मात्र हतियार शान्ति प्रक्रिया हो भने लागेको छ भने यो दिवा सपना नदेख्न उनले आग्रह गरे । उनले भने, ‘प्रचण्डसहित हाम्रा ८ हजार कार्यकताका नामा मुद्धा छन् यो मुद्धाले माओवादी सकिन्छ भन्ने लगेको भए दिवा सपना नदेख्नुस ।’
अर्को फरक प्रश्गमा सचिव आचार्यले राजा चाहियौ भने अहिलेको व्यवस्थामा सांसद हुने सेवा सुविधा खाने भनेर राप्रपामाथि आक्र्रोश पोखे।
‘माओवादीले ल्याएको व्यवस्थामा सांसद हुने,मन्त्री हुने, सेवा सुविधा लिने, पालिका प्रमुख हुने सबै कुरा हुने, यी व्यवस्थाको प्रयोग गर्ने तर राजा चाहिनै यो कसरी सम्भंब छ। नेता आर्चायले
माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्ज रहेका उनले रुपान्तरण अभियानबाट कार्यकता तथा जनता उत्साहीत रहेकाले नेताहरु आत्मा आलोचीत हुने पर्ने बताए ।
उनले भने, ‘जनता उत्साहीत छ तर नेताहरु आत्मा आलौचीत हुनु पर्छ जनतासंगै सेवा गर्नु पर्छ, शहरीया हुनु भएन्। ’
यस्तै पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्टले स्थायी राजधानी गोदावरी नै हुने बताएका छन् ।
नेता भट्टले सार्ने चर्चा चलेपनि सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नै हुने बताएका हुन् ।
गत प्रदेश सभाले गोदावरीलाई स्थायी राजधानी बनाउने र अस्थायी राजधानी धनगडीमा राख्ने निर्णय गरेकाले अहिलेको सभाले निर्णय नगर्दा सम्म गोदावरी नै प्रस्तावित राजधानीको रुपमा रहेको उनको भनाई छ ।
‘राजधानी गोदावरी नै हो, अहिलेको सभाले अर्को निर्णय नगर्दा सम्म गोदावरी प्रस्तावित राजधानीको रुपमा छ, प्रदेश सभाले नयाँ राजधानी राख्न चाहे नयाँ ठाउँमा पनि जान सक्छ, त्यो प्रदेश सभाको अधिकारको कुरा हो, नयाँ ठाउँ सार्ने जसरी चर्चा चलेको छ, त्यो होइन्, उनले भने’ ।
पार्टीले सञ्चालन गरेको विशेष रुपान्तरण अभियानको आवधिक समिक्षा बैठकका लागि बैतडी पुगेका नेता भट्टले नयाँ ठाउँमा राजधानीका लागि मुख्यमन्त्री र कुनै दलका नेताले चाहेर नहुने समेत बताए । गत महिना डडेल्धुराको एक कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाहले आवश्यकता भए प्रदेश राजधानी र नामसमेत परिवर्तन गर्न सकिने बताएका थिए। मुख्य मन्त्रीको अभिव्यक्तिले डडेल्धुरा राजधानी सार्ने चर्चा चलेको थियो ।
तर माओवादी नेता भट्टले बैतडी पुगेर काँग्रेस सभापति शेरबहादुर देउवा र आफनो सहमतिमा डडेल्धुरा राजधानी जानेहोकी भन्ने अर्थमा प्रशन उठेपनि त्यो नभएको प्रष्ट पारेका हुन् ।