बैतडी: डिलाशैनीमा ८ दिन टिकेनन् प्रमुख प्रशासकीय अधिकृत

बैतडी:

बैतडीको डिलाशैनी गाउँपालिका हाकिमको आठ दिनमै सरुवा भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेलको पालिकामा हाजिर भएको आठ दिनमै सरुवा भएको हो ।

उनको सर्लाहीको धनकौल गाउँपालिका सरुवा भएको हो । प्रमुख प्रशासकीय अधिकृत पटेलेको हाजिर भएको आठ दिनमै सरुवा भएको गाउँपालिकाका प्रवक्ता यज्ञ राज भट्टले जानकारी दिए । पटेल डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा असोज ८ गते हाजिर भएका थिए ।

मन्त्रालयले पटेललाई डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गत भदौमा खटाएपनि उनि असोज ८ गते देखि कार्यालयमा हाजिर भएका थिए । मन्त्रालयबाट सरुवाको पत्र आएपछि आफु डिलाशैनीबाट सर्लाहि जान लागेको उनले बताए ।

आफुलाई संघीय मामिला तथा सामान्य मन्त्रालयले सर्लाहीको धनकौल गाउँपालिकामा सरुवा गरेको उनको भनाई छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.