ललित बोहरा/बैतडी:
डडेल्धुराको नवदुर्गा गाउँपालिकाले करारका सबै कर्मचारी हटाउने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिकाको निर्णयले ७५ जनाकै करार अवधि थप नगर्ने निर्णय गरेको नि.प्रमुख प्रशासकिय अधिकृत रवि कुमार चौधरीले बताए ।
उनले भने, ‘करार अवधि थप नगर्ने निर्णय भएको छ मैले कारण हेर्न पाएको छैन ! सख्या ७४ वा ७५ नै हाे ।’
स्वास्थ्यकर्मी, पशु र कृषी प्राविधिक कर्मचारीहरुको करार थप नगर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । कार्यपालिकामा दुई वडा अध्यक्षले नोट अप डिसेन्ट अर्थात नियर्णमा असहमती जनाएका छन् ।
कर्मचारीहरुले आन्दोलन गर्ने जनाएका छन् । आज फेरी आकस्मीक कार्यपालिकाको निर्णय राखेको प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताए । कार्यपालिकाले गरेको निणर्य प्रमुख प्रशासकिय अधिकृतले स्विकृत गर्नु पर्ने हुन्छ तर प्रमुख प्रशासकिय अधिकृत चौधरील हस्ताक्षर नगरेको दाबी गरे ।
वडा अध्यक्ष पदम बिष्टले आफ्नो वडा नै खाली भएकाले सेवा बन्द गरेको बताए ।