माओवादी सुदूरपश्चिम इञ्चार्ज आचार्य अस्वस्थ

बैतडी:

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश इञ्चार्ज डिलाराम आचार्य अस्वस्थ हुनु भएको छ । रामाराेशन कार्यक्रममा सहभागी हुनका लागि साँफे पुगेका आचार्य एक्कासि बाेल्न नसक्ने अवस्था भएको उनका छाेरा बिजय आचार्यले जानकारी दिए ।

साँफे बगरकाे एक हाेटलमा बसेका आचार्यकाे बुधबार बिहान एक्कासी समस्या देखिएको हाे । आचार्यलाई अहिले बयलपाटा अस्पतालमा राखिएको छ । आचार्यलाई अहिले हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भइरहेको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.