असोज मसान्तसम्म कर्मचारीको म्याद थप गर्ने नवदुर्गा गाउँपालिका कार्यपालिकाको निर्णय

डडेल्धुरा: 

डडेल्धुराको नवदुर्गा गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णय २४ घण्टामा उल्टीएको छ ।  सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले करारका ७५ कर्मचारी हटाउने निर्णय गरेको थियो बुधबार आज बसेको बैठकले अर्को बैठक नबसेसम्मका लागि कर्मचारी नहटाउने निर्णय गरेको गाउँपालिका स्राेतले बताएकाे छ ।

कार्तिक १ गतेदेखी ७५ कर्मचारी हटाउने सोमबारको निर्णयको बैठकमा सहमती जनाउका वडाध्यक्ष बिष्ट र भक्त वहादुर कठायत लगायतका कार्यपालिकाले हटाउनु पर्ने आधार माग गरेका थिए ।
आन्तरिक र संघबाट तलब भुक्तानी हुने कर्मचारीको नाम लिष्ट तयार गरेपछि कार्यपालिकामा पेश हुने गाउँपालिका उपाध्यक्ष निर्मला कुमारी बोगटीले बताइन्, ‘नयाँ आर्थिक बर्षमा करारका कर्मचारीको म्याद थप भएको थिएन्,’ उनले भनिन्, ‘हिजो एक किसिमको छलफल भयो आज असोज मसान्तसम्म म्याद थप गर्ने निर्णय गरिएको छ।’

करारका कर्मचारीको यही असोज मसान्तसम्म म्याद थप गर्ने र तलब भुक्तानी गर्ने, अर्को बैठक नबसेसम्म कामकाज जारी राख्नु पर्ने निर्णय आजको कार्यपालिका बैठकले गरेको उपाध्यक्ष बोगटीले बताइन् । अर्को कार्यपालिको बैठक असोज अन्तीमसम्म बस्ने उनले बताइन् ।

सरकारी सेवामा कोही २७, २१ र १० बर्षसम्म काम गरेर गाउँपालिकाले स्पष्टीकरण पनि नसोधेर अवकास दिने भएपछि कर्मचारीहरु आन्दोलको तयारीमा थिए । पञ्चिकरण र रोजगार शाखाका कर्मचारीको म्याद एक बर्ष नै थप गर्नु पर्ने तथा हटाउनु पर्ने भए कारणसहित सम्बन्धी मन्त्रालयलाई जानकारी एक महिना अगाडी पठाउनु पर्ने हुन्छ तर कमजोर प्रमुख प्रशासकिय अधिकृत भएकाले कार्यपालिको नगर्नु पर्ने निमार्ण समेत गरेका छ ।

हटाउने निर्णयले केही वडा कार्यालय र स्वास्थ्य संस्था कर्मचारी विहीन भइरहेका थिए ।

 

us dintal patan
Leave A Reply

Your email address will not be published.