कृषि तथा पशुपन्छी वीमा प्रक्रिया कृषकलाई झन्झटीलो

बैतडी:

कृषि तथा पशुपन्छी विमा प्रक्रिया झन्झटीलो भएको कृषकहरुले बताएका छन् । विश्व पशु पन्छी दिवस २०८० को अवसरमा बैतडीमा आयोजीत एक कार्यक्रमका सहभागी कृषकले यस्तो बताएका हुन् ।

कृषी तथा पशुपंन्छी वीममा पहुँच अभिबृद्धिका लागि पालिका स्तरिय अभिमुखिकरण कार्यक्रममा सहभागी कृषकले कागजपत्र मिलाउन तथा बिमा कम्पनी आउन जान नै झन्झटीलो रहेको बताएका छन् ।

‘पहिले बीमा गर्न झण्झट छ गरे पनि बिमा दाबी गर्न महा झण्झट छ।’ ‘सरकारले सहज प्रक्रिया मिलाउन पर्छ कृषक गणेश भट्टराईले भने, बाख्राहरुको बिमा गर्न धाउदाँ धाउदँ एक खर्सी बिक्री गर्नु पर्ने अवस्था आउछन खर्चीलो छ।’

बिमा कम्पनीका प्रतिनिधीसहितको अभिमुखिकरण कार्यक्रममा कृषकलाई बिमा सम्बन्धी परिर्वतित नितीहरुको बिषयमा जानकारी गराएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तले बताए ।

कृषकलाई बिमा गर्न ८० प्रतिशत संघ सरकार र २० प्रतिशत प्रदेश सरकारले विमीत रकम व्यहोरने भएकाले सबै कृषकहरुलाई बिमा गर्न भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दले आग्रह गरेको छ ।

बिमा समितीलाई समयमा बिमा दाबी नदिने भएकाले बिमा दाबी भुक्तानी कृषकलाई दिन समय लागेको नेपाल इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

कार्यक्रमा पाटन नगरपािलका उप प्रमुख कमल सिह बोहरा (अपी), वडा अध्यक्ष राजेन्द्र बिष्ट, बिमा कम्पनीका प्रतिनिधीसहित १० स्थानीय तहका कृषकहरुको सहभागीता रहेको थियो ।

 

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.